६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तहको निर्वाचनमा गठबन्धनका चार दलले मोर्चाबन्दी गर्ने



धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन् ।

सोमबार भएको पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा कांग्रेसका धनकुटा सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक डिल्लीराम राई, नेकपा एकीकृत समाजवादी धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटा अध्यक्ष बलबहादुर राईले हस्ताक्षर गरेका छन् । तीन नगरपालिका र चार गाउँपालिकामा रहेको धनकुटामा ६० वडामा एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको पत्रकार सम्मेलन गरी बताएका हुन् ।

कांग्रेस जिल्ला सभापति दिनेश राईले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको बताए। स्थानीय तहका आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको राईले बताए । ‘वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एकताबद्ध ढंगले जाने निर्णय गरेका छौं,’ उनले भने, ‘अब संयुक्त रूपमा कार्यक्रम गरिने छ ।’

स्थानीय निर्वाचनलाई लक्षित गरेर वडा तहबाट उमेद्‍वारको सिफारिस आउन थालेका छन् । राईले भने उमेद्‍वारको सिफारिस गर्दा गठबन्धनलाई ध्यान देऊ भनेर वडासम्म भनेका छौं ।

नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले स्थानीय चुनावका लागि चार दलीय गठबन्धन गरिएको बताए । ‘संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानीय चुनावमा सहकार्य गरेर जाने हो,’ उनले भने, ‘धनकुटाको आवश्यकताका आधारमा गठबन्धन गरेका हौं र हरेक कुरामा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउँदछौं ।’

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनकुटा ७ वटा स्थानीय तहको प्रमुख उपप्रमुखसहित एमाले ४३ वडामा, कांग्रेसले ९ वटा वडामा, माओवादी केन्द्रले ५ वटा वडा र जनता समाजवादी पार्टीले ३ वटा वडामा विजयी भएका थिए ।
ब्खबतबच

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ४३ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)