७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड कचौरा लिएर कहिले बालुवाटार कहिले बालकोट गरिरहेका छन् : कांग्रेस उपसभापति धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका छन् ।

‘प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ,’ उनले भने ।

प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।

‘कहिले शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतपछि खालि नहोस् भनेर कामना गर्दछु,’ उनले भने ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ०३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई