२५ चैत्र २०८२, बुधबार | April 8, 2026

डा. भट्टराई छाडेर ओली रोज्दै अभिनेत्री करिश्मा मानन्धर



काठमाडौं । डा. बाबुराम भट्टराईको फ्यान बन्दै राजनीतिमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर डा. भट्टराईलाई छाडेर आजबाट केपी ओली तर्फ लाग्ने भएकी छिन् । आज मध्यान्ह एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई एमाले भित्राउने पक्का भएको छ । केही महिना अघि ओलीले मोबाईलमा फोन गरेर हालखबर सोधपछि ओलीका प्रशंशक बनेकी मानन्धर अन्ततः आज एमाले नै प्रवेश गर्न लागेकी हुन् ।

मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि मंगलबारबाटै एमालेमा समाहित हुने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले जनाएका छन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम हुने रिजालले जानकारी दिए ।

यसअघि मानन्धरले नेपालमा डा. बाबुराम भट्टराई जस्तो नेता अरु नभएको भन्दै भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरेकी थिईन् । संघीय समाजवादी पार्टीमा समेत करिश्मा छोटो समय सक्रिय देखिएपनि ओलीको मोबाईल फोन पछि उनी निश्क्रिय जस्तै बनेकी थिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ४४ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री