८ बैशाख २०८१, शनिबार | April 20, 2024

सबै दलहरुले आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया



मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राख्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए । उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचारसंंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ३४ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा