१६ माघ २०८२, शुक्रबार | January 30, 2026

चर्चित होटल व्यवसायी राधेश्याम सर्राफको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार



काठमाडौं । चर्चित होटल व्यवसायी राधेश्याम सर्राफको मृत्यु भएको छ ।

नेपालमा दुई वटा पाँच तारे याक एण्ड यति र ह्यातसहित भारत र अन्य मुलुकमा समेत होटल व्यवसाय संचालन गरेका सर्राफको ९२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो ।

दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएका सर्राफको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सन् १९३० मा जन्मिएका सर्राफले १७ वर्षको उमेरदेखि होटल व्यवसायमा प्रवेश गरेका थिए । सर्राफलाई नेपाल र भारतमा होटल व्यवसायमा पायोनियर मानिन्छ ।

भारतमा कलकत्ता, सिकिकम हुँदै भुटानमा समेत पुगेर होटल खोलेका सर्राफले न नेपालमा सन १९७७ मा काठमाडौंको दरबारमार्गमा याक एण्ड यति होटल संचालनमा ल्याएका थिए । सर्राफकै समुहले सन् १९९७ मा बौद्धमा हायात रिजेन्सी होटल स्थापना गरेको थियो ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ४५ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र