२३ असार २०८३, मंगलबार | July 8, 2026

चर्चित होटल व्यवसायी राधेश्याम सर्राफको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार



काठमाडौं । चर्चित होटल व्यवसायी राधेश्याम सर्राफको मृत्यु भएको छ ।

नेपालमा दुई वटा पाँच तारे याक एण्ड यति र ह्यातसहित भारत र अन्य मुलुकमा समेत होटल व्यवसाय संचालन गरेका सर्राफको ९२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो ।

दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएका सर्राफको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सन् १९३० मा जन्मिएका सर्राफले १७ वर्षको उमेरदेखि होटल व्यवसायमा प्रवेश गरेका थिए । सर्राफलाई नेपाल र भारतमा होटल व्यवसायमा पायोनियर मानिन्छ ।

भारतमा कलकत्ता, सिकिकम हुँदै भुटानमा समेत पुगेर होटल खोलेका सर्राफले न नेपालमा सन १९७७ मा काठमाडौंको दरबारमार्गमा याक एण्ड यति होटल संचालनमा ल्याएका थिए । सर्राफकै समुहले सन् १९९७ मा बौद्धमा हायात रिजेन्सी होटल स्थापना गरेको थियो ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ४५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको