१५ माघ २०८२, बिहिबार | January 29, 2026

इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन



काठमाडौं । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर-मझिमटार (चितवन) र सुनमाई-राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी बागलुङ-बेउ-नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला-छोरेपाटन (पोखरा)-स्याङ्जा-गुडीखोला सडक सुरुङ कास्की-स्याङ्जा, नवलपरासीको दुम्कीबास-बर्दघाट र कास्कीको हेम्जा-नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ ।

त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट (ब्याउलीढुङ्गा)-जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोटरजुम्ला, प्रवाश-जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ ।

प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचासरपचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ३३ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च