१४ भदौ २०८३, आइतबार | August 30, 2026

इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन



काठमाडौं । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर-मझिमटार (चितवन) र सुनमाई-राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी बागलुङ-बेउ-नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला-छोरेपाटन (पोखरा)-स्याङ्जा-गुडीखोला सडक सुरुङ कास्की-स्याङ्जा, नवलपरासीको दुम्कीबास-बर्दघाट र कास्कीको हेम्जा-नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ ।

त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट (ब्याउलीढुङ्गा)-जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोटरजुम्ला, प्रवाश-जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ ।

प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचासरपचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ३३ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। त्रिशुली नदीले तलबाट कटान गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका