१४ असार २०८३, आइतबार | June 28, 2026

रुपन्देही सुपर लिग : उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो ।

लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ । बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएको थियो । जसका लागि धिरज शाहीले ११ दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ६ र वपिन खत्रीले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा ४७ रनको लक्ष्य पाएको बुद्धले १० दशमलव एक ओभरमा सहजै लक्ष्य पार गर्‍यो । चार विकेटको क्षतिमा ५१ रन बनाउँदै ८ विकेटले जित निकाल्यो । जसका लागि रुपेश कुर्मी र विपीन रावलले अविजित ११ र १० रनको पारी खेले । बलिङमा लुम्बिनी खुकुरीका शाहाव आलमले २, धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए । बिहीबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेलाइएको हो । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम फाइनल पुगेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

शनिबार हुने फाइनलमा बुद्ध र एमसीसीबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ३ : २४ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली