७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रेस चौतारी रुपन्देहीले १० लाखको कल्याणकारी कोष स्थापना गर्ने



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि पत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम बैठकले कम्तिमा दशलाखको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पुर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तिन सदस्यीय समिति निर्माण गरेको छ । समितिको सदस्यमा पुर्व जिल्ला अध्यक्षद्वय भरत केसी र दिनेश पाण्डे रहेका छन् ।

कल्याणकारी कोषका लागि संगठनका जिल्ला अध्यक्ष सहित कार्यसमितिका सबैले अनिवार्य रकम जम्मा गर्ने निर्णय बैठकले गरेको सचिव केशव भण्डारीले जानकारी दिए ।

त्यस्तै कल्याणकारी कोषका लागि प्रेस चौतारीका पुर्व सदस्य एवं हाल अमेरीकामा रहेका पत्रकार सुरज भण्डारीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् । यसैगरी नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले पनि कोषका लागि आवश्यक रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

बैठकले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालयमा कार्यसमितिका पदाधिकारीसहित चारजना सदस्य थप गरिएको हो । जसमा विकास पराजुली, डिबि सुस्लिङ्ग, अस्मिना पाण्डे र टिका खरेल रहेका छन् ।

त्यस्तै बैठकले कार्यसमिति सदस्यमा दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले संगठनको आगामी कार्ययोजना निर्माणका लागि आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मा दिएको छ ।

त्यस्तै बैठकले पार्टी निकट पेशागत एवं व्यावसायिक संगठन तथा जिल्ला पार्टी नेतृत्वसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्न लागेको फुटसल प्रतियोगितामा संस्थागत सहभागिता जनाउने निर्णय गरेको छ ।

बैठकलाई संबोधन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले संगठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै लैजान र यसका गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिए ।

उनले अहिले सत्ता पक्ष प्रतिपक्षीविरुद्ध गठबन्धन गर्ने अवस्थामा आएको र यो एमालेप्रति बढ्दो आकर्षणको प्रभाव रहेको भन्दै अव स्थानीय तहको निर्वाचनमा आवश्यक योजना बनाएर लाग्न आग्रह गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले संगठनमाथि अव महत्वपूर्ण कार्यभार आएको भन्दै बिगतका निर्णयहरुको समेत कार्यान्वयन गर्दै आगामी कार्यकालका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका अध्यक्ष लक्ष्मण पौडेलले संगठनलाई अव सुव्यवस्थित ढंगले अगाडि बढाउने र यसका लागि अव छिटै नै कार्ययोजना निर्माण गरी अगाडि बढिने बताए ।

बैठकमा संगठनका उपाध्यक्ष बीपी गौतम, सहसचिव दिपक न्यौपाने, रविन्द्र गुप्ता, कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ, सदस्यहरु अस्मिना पाण्डे, विष्णु घिमिरे, डिबी सुस्लिंग, टिका खरेललगायतले आ आफ्नो धारणा एवं सुझाव दिएका थिए ।

 

 

 

 

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ३ : ५२ बजे

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा