१६ माघ २०८२, शुक्रबार | January 30, 2026

ए मेरो हजुर ४ : दर्शकसम्म पुग्न चाहियो वितरक र प्रदर्शकको साथ



काठमाडौं । नेपालमा नेपाली फिल्मले नै प्राथमिकता नपाउने उदाहरण प्रशस्तै देखिने गरेका छन् । निजीस्तरबाट फिल्महरू निर्माण भइरहेको छ । तर, नेपाली फिल्मको विकास र विस्तार गर्ने चलचित्र नीतिसमेत नहुँदा नेपाली निर्माताहरू अप्ठ्यारोमा पर्ने गरेका छन् ।

छिमेकी मुलुक भारतमा रहेका फिल्महरूको आ–आफ्नै दर्शक छन् । बलिउडका फिल्म विश्वभर आफ्नो छाप छाड्न सफल भए पनि दक्षिण भारतमा कमजोर छन् । तमिल, तेलगु, कन्नड र मलयालमको आ–आफ्नै भूभागमा बाहुल्यता छ । दक्षिण भारतीय फिल्महरूले बलिउडमा हिन्दी भाषामा नआई विकल्प छैन ।

यद्यपि यी फिल्महरूले नेपालमा भने प्राथमिकता पाउने गरेका छन् । यहाँ नेपाली फिल्मसँग ती उल्लेखित फिल्महरू रिलिज भएमा उनीहरूले प्राथमिकता पाउँछन् । यसैले गर्दा नेपाली फिल्मका निर्माताले विदेशी ठूला फिल्महरूसँग नजुध्ने गरी नेपाली फिल्म रिलिज गर्ने गरेका छन् ।

यद्यपि नयाँ फिल्म ‘ए मेरो हजुर ४’ ले आँट देखाएको छ । दक्षिण भारतीय प्रतीक्षित फिल्म ‘केजीएफ २’ सँग भिड्ने । १४ अप्रिलमा केजीएफको सिक्वेल आउने भएपछि पनि नेपाली दर्शकलाई १ वैशाखमा आफ्नो फिल्म दिइरहेको उल्लेख गर्दै निर्माता सुनिलकुमार थापाले फिल्म ‘ए मेरो हजुर ४’ रिलिज गर्दैछन् । ट्रेलर रिलिज कार्यक्रममा उनले नेपाली फिल्मलाई दर्शकसँगै वितरक र प्रदर्शकले पनि साथ दिनुपर्ने बताए ।

‘हामी अब विदेशी फिल्मसँग भाग्दैनौ । हामीसँगै प्रतिस्पर्धा गर्न तयार छौँ । तर, नेपाली दर्शकसँगै वितरक र प्रदर्शकले पनि साथ दिनुपर्छ,’ निर्माता थापाले भने, ‘स्वदेशमै हामी डरायौ भने हामी कहाँ फिल्म चलाउने ?’ उनले नेपाली प्रदर्शकले ‘ए मेरो हजुर’ सिरिजको अघिल्लो व्यापार हेरेर शो दिनुपर्ने बताए । ‘हामी भिड्न तयार छौँ । तर, हामीलाई मैदान चाहिन्छ । हामी मैदान बाहिर बसेर त कहाँ लड्न सक्छौं र ?’ निर्माता थापाले भने ।

निर्देशक झरना थापाले पनि नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै पर्ने विश्वास व्यक्त गरिन् । ‘विदेशी फिल्मसँग डर छैन । किनकि हामीले दर्शकलाई निराश नबनाउने फिल्म लिएर आउँदैछौँ । यद्यपि हामीलाई दर्शकसम्म पुग्न प्रदर्शक र वितरकको साथ चाहिन्छ,’ झरनाले भनिन् ।
अभिनेता अनमोल केसीले पनि फिल्म स्तरीय बनेको बताए । ‘म आफैँ युथ भएकाले पनि ढुक्कले भन्न सक्छु कि फिल्म स्तरीय बनेको छ । नाक खुम्चाउनुपर्ने फिल्म छैन । दर्शकलाई यसले निराश बनाउँदैन,’ अनमोलले भने ।

अभिनेत्री सुहाना थापाले भने आफू दर्शकसँग विश्वस्त रहेको बताइन् । छोटो बोल्दै उनले अब काम नै बोल्ने भनिन् । फिल्म ‘ए मेरो हजुर ४’ प्रेम, रोमान्स, कमेडी, विछोड देखाइएको ट्रेलर अनमोल र सुहानाकै वरपर घुमेको छ । फिल्ममा सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : २६ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य