२२ भदौ २०८३, सोमबार | September 7, 2026

चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोहः पहिलो पटक नगरकोट, दोस्रो पटक चन्द्रागिरी र अहिले- शिवपुरी



काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् ।

पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो ।

चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कदैनन् । तर नेपाल भ्रमणमा आएको बेला उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर पहाडले उनलाई लाेभ्याउने गरेकाे छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यस पटकको भ्रमणमा पनि उनी हाइकिङ्मा निस्कने छन् । पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक आउँदा उनको रोजाइमा परेको छ– शिवरपुरी ।

शनिबार विहान उनले शिवपुरी हाइकिङमा जाने कार्यक्रम तय भएको छ । उनले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन । अघिल्ला भ्रमणमा उनले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गरेका थिए ।

वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले झक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए ।

वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन् । भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ ।

सन् २०१४ को डिसेम्बरमा उनी हिंड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए । उनी सूर्योदय र सूर्यअस्त अवलोकन गर्न नगरकोट पुगेका थिए । सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए । पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन् । उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए ।

वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए ।
सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातिर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए । उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन ।

मातातिर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए । उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा