१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एकीकृत बस्तीमा रम्न सकेनन् स्थानीय



गोरखा । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो ।

आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ ।

आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही सातामा एक पटक आएर घर रेखदेख गर्छन् । अधिकांश स्थानीय पुरानो थातथलो छाड्न तयार देखिएका छैनन् ।

आवरणमा बस्ती चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन् । “हामीसँग छानो भएको घरबाहेक केही छैन”, लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, “कुखुरा थुन्ने खोर, मकै राख्ने भकारी नभएको घरमा बस्न कोही रुचाउँदैनन् ।” बस्ती हस्तान्तरण भएको एक वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेका छैनन् ।

राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीले बस्न रहर नगरेको बताउँछन् । तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरू कमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : २५ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी