१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

एकीकृत बस्तीमा रम्न सकेनन् स्थानीय



गोरखा । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो ।

आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ ।

आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही सातामा एक पटक आएर घर रेखदेख गर्छन् । अधिकांश स्थानीय पुरानो थातथलो छाड्न तयार देखिएका छैनन् ।

आवरणमा बस्ती चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन् । “हामीसँग छानो भएको घरबाहेक केही छैन”, लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, “कुखुरा थुन्ने खोर, मकै राख्ने भकारी नभएको घरमा बस्न कोही रुचाउँदैनन् ।” बस्ती हस्तान्तरण भएको एक वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेका छैनन् ।

राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीले बस्न रहर नगरेको बताउँछन् । तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरू कमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : २५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको