४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि



काठमाडौं । आज २६ मार्च । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना

रुसमा पुटिन राष्ट्रपति

सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि रुसी हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ ।

मर्कोसर समूह स्थापना

सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन । साझा बजार प्रबद्र्धन गर्ने उदेश्यले समूह स्थापना गरिएको हो ।

इजरायल र इजिप्टबीच एतिहासिक सन्धि

सन् १९७९ मा इजरायल र इजिप्टबीच एतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्टपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भएका थियो ।

काठमाडौं ।

सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ३० बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ