७ माघ २०८२, बुधबार | January 21, 2026

आगो ओकल्ने जीवन शर्माले गाए समृद्दीका गीत, ‘यही माटोमा पसिना पोखौं’ आजबाट बजारमा (भिडीयोसहित)



बुटवल ।  व्यवस्था, शासन र सत्ताको विरोधमा आगो ओकल्दै आएका जन गायक जीवन शर्माले उत्पादन, समृद्दी र स्वाभिमान झल्काउने नयाँ गीत बजारमा ल्याएका छन् । नेपालभित्रै श्रम गरेर स्वाभिमान जगाउन आह्वान गर्दै गायक शर्माले रेमिट्यान्सको भरमा देश चलाउन नहुने सुझाव गीत मार्फत दिएका छन् ।

प्राय सत्ताका विरोध र क्रान्तिका ज्वाला दन्काउने खालका गीत गाउने गरेका शर्माले पछिल्लो समय नेपालमा चल्दै आएको भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध शब्द कोर्ने गरेका छन् । राष्ट्रिय भावनाबाट ओटप्रोटका शब्दहरु पनि शर्माका पछिल्लो रचनाहरुमा पाईने गरेको छ ।

‘मधेसी, पहाडी, हिमालका हिमाली, सबै जाती जनजाती हामी सबै नेपाली….’को रचना गर्दा देशमा जात, थर र वर्णका आधारमा राज्य पुनरसंरचना गर्न नहुने भावना पोखेका शर्माले ‘चाहिंदैन मलाई सुनका दरबार, चाहिँदैन मलाई चमेलीको बास …..’गाईरहँदा भ्रष्टाचार र कुरितीका विरुद्ध सशक्त प्रतिरोध गरेका छन् । शर्माको पछिल्लो ‘यही माटोमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यही माटोमा पसिना पोखौंं युवाको आँटले, बिदेशी भारी नबोकौ अव नेपाली काँढले …’जीवनले आह्वान गरेका छन् ।

गीतकै शब्दमा उनले रेमिट्यान्सबाट देश चलाउने सोंचाई नराख्न पनि आग्रह गरेका छन् । बिदेशबाट आएको रेमिट्यान्सले पैसा मात्र नआएको त्यसले संस्कृति, भाषा र भेष समेत मासिंदै गएको चिन्ता पनि व्यक्त गरेका छन् ।

शनिबारबाट सार्वजनिक भएको यही माटोमा म्युजिक भिडियोलाई शर्माले राष्ट्रिय भावनाको गीत भएको खबरकुरालाई बताए । उनले देशमा अव समृद्दी र स्वाभिमानसँगै देश प्रेम आवश्यक देखिएको बन्दै युवालाई देशमा रोक्न नसक्दा गाँउघर रित्तिन थालेको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ५० बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व