१८ भदौ २०८३, बिहिबार | September 4, 2026

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…..



बागलुङ । झरनाको चिसो पानी…..
सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी…..
झरनाको चिसो पानी…….

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गरे ।

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गरेका हुन् । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उनले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।

“घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भने ।

विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देखेका उनले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए ।

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए । मैदानमा उपस्थित अधिकांश दर्शक उनका गीतमा झुमे । शर्मालाई उनकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिइन् । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिने गरेका छन् ।

स्थानीय हेमलाल शर्माले भन्छन्, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उनका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँचेका छन् । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाल्थे ।

शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग-१ हो । त्यसयता दुई हजार बढी गीत उनले जनताकै पक्षमा गाएका छन् । मेला महोत्सव हुन् वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन् । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उनले गाएका छन् । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

“मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भने, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”

सिमली छायाँ उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै छन् । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लागेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देखेका छन् । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका व्यक्ति हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : १५ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो