१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ विदेशमन्त्री वाङ यी स्वेदश फिर्ता



काठमााडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

विदेशमन्त्री वाङ आइतबार दिउँसो स्वदेश फर्किएका हुन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरेका छन् ।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङ शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए । शनिबार दिउँसो परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेपछि नेपाल र चीनका प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल र ९ बुँदे समझदारी भएको थियो । साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको साँचो नेपाललाई हस्तान्तरण गरेका थिए ।

वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे भने एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग होटल मेरियटमा भेट गरेका थिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : ३६ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका