१ श्रावण २०८२, बिहिबार | July 18, 2025

एमालेको आरोप – निर्वाचन आयोग सत्ता गठबन्धनसँग सेटिङमा लाग्यो



काठमाडौं । नेकपा (एमाले)ले निर्वाचन आयोग सत्ता गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाएको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकार र निर्वाचन आयोगले नै निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै आपत्ति जनाएको छ । एमालेले मतपत्रमा हरियो रंगको निर्वाचन चिन्ह बनाउने र दुई दिन मनोनयन दर्ताको निर्णय सच्चाउन पनि माग गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग परामर्श नगरी एउटा दल विशेषलाई फाइदा पुग्ने गरी मतपत्रको रंग परिवर्तन गरेको भन्दै आपत्ति जनाएका थिए । ओलीले बैठकमा भने, ‘विगतमा पनि हामी निर्वाचन आयोगबाट पीडित छौं । आयोगबाट यस्ता क्रियाकलाप नहोस् । यस्ता कुरामा हामीले आयोगको विरोध गर्नुपर्छ । सत्तापक्षको फाइदाका लागि आयोग अनुचित कुरामा फाइदा लिएर काम गरिरहेको छ ।ु

ओलीले सत्ता गठबन्धनको किचलो मिलाउनकै लागि आयोगले मनोनयन दर्ताका लागि दुई दिन समय छुट्टयाएको आरोप लगाए । गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङमा काम गरिरहेको ओलीको आरोप थियो । ुमनोययन दर्ता गर्नका लागि दुई दिन दिने न पहिले प्रचलन थियो, कहिल्यै थिएन । उनले भने, ‘सत्ता गठबन्धनबीचको समझदारीमा दुई दिन मनोनयन दर्ताको समय दिइयो । यो बुझ्दैन प्रतिपक्षीले भन्ने ठानियो भने विनम्रता साथ हामीले निर्वाचन आयोगलाई भन्नुपर्छ यत्तिको चाहिँ बुझ्छौं । सत्ताको साँठगाँठले यस्तो भएको चाहिँ बुझ्छौं ।’

ओलीले निर्वाचन आयोग निष्पक्ष, तटस्थ र स्वतन्त्र बन्नुपर्ने बताए । तर सेटिङयुक्त काम गरेर आयोग तबरले हिँड्नु खेदजनक भएको उनले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : १२ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको