१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमालेको आरोप – निर्वाचन आयोग सत्ता गठबन्धनसँग सेटिङमा लाग्यो



काठमाडौं । नेकपा (एमाले)ले निर्वाचन आयोग सत्ता गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाएको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकार र निर्वाचन आयोगले नै निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै आपत्ति जनाएको छ । एमालेले मतपत्रमा हरियो रंगको निर्वाचन चिन्ह बनाउने र दुई दिन मनोनयन दर्ताको निर्णय सच्चाउन पनि माग गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग परामर्श नगरी एउटा दल विशेषलाई फाइदा पुग्ने गरी मतपत्रको रंग परिवर्तन गरेको भन्दै आपत्ति जनाएका थिए । ओलीले बैठकमा भने, ‘विगतमा पनि हामी निर्वाचन आयोगबाट पीडित छौं । आयोगबाट यस्ता क्रियाकलाप नहोस् । यस्ता कुरामा हामीले आयोगको विरोध गर्नुपर्छ । सत्तापक्षको फाइदाका लागि आयोग अनुचित कुरामा फाइदा लिएर काम गरिरहेको छ ।ु

ओलीले सत्ता गठबन्धनको किचलो मिलाउनकै लागि आयोगले मनोनयन दर्ताका लागि दुई दिन समय छुट्टयाएको आरोप लगाए । गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङमा काम गरिरहेको ओलीको आरोप थियो । ुमनोययन दर्ता गर्नका लागि दुई दिन दिने न पहिले प्रचलन थियो, कहिल्यै थिएन । उनले भने, ‘सत्ता गठबन्धनबीचको समझदारीमा दुई दिन मनोनयन दर्ताको समय दिइयो । यो बुझ्दैन प्रतिपक्षीले भन्ने ठानियो भने विनम्रता साथ हामीले निर्वाचन आयोगलाई भन्नुपर्छ यत्तिको चाहिँ बुझ्छौं । सत्ताको साँठगाँठले यस्तो भएको चाहिँ बुझ्छौं ।’

ओलीले निर्वाचन आयोग निष्पक्ष, तटस्थ र स्वतन्त्र बन्नुपर्ने बताए । तर सेटिङयुक्त काम गरेर आयोग तबरले हिँड्नु खेदजनक भएको उनले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : १२ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको