२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ वर्षमा भैरहवामा सडक खाना महोत्सव



भैरहवा । नयाँ वर्षको अवसरमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आर्थिक चलायमानका लागि नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा खाना महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्‍याउने महोत्सवको उद्देश्यका साथ होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले महोत्सव आयोजना गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, पर्यटकहरूलाई सुरक्षित छ भन्ने सन्देश दिन र आन्तरिक र भारतीय पर्यटकलाई मध्यनजर गर्दै महोत्सव गर्न लागिएको छ ।

संगठनका अध्यक्ष पीताम्बर न्यौपानेका अनुसार विगत तीन वर्षदेखि थला परेको पर्यटन व्यवसायमा केही हदसम्म चलायमान बनाउन मद्दत पुर्‍याउने अपेक्षाले एक सय वटा स्टल रहने गरी महोत्सवको तयारी गरिएको छ । अनुमानित २५ लाखको खर्चलागतमा हुने महोत्सव भैरहवाको मुख्य बजार उज्यालो चोकदेखि मिलनचोकसम्म राति ३ बजेसम्म हुनेछ ।

चुनौती र अवसरका वावजुद विभिन्न संस्था, पर्यटन व्यवसायी र विभिन्न निकायको सहकार्य महोत्सव गर्न लागिएको छ । ५० हजार दर्शक करिब एक करोडको कारोबार हुने अपेक्षा संगठनले राखेको निवर्तमान अध्यक्ष गणेश बेलबासेले बताए ।

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खाना, , स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय