६ श्रावण २०८३, बुधबार | July 22, 2026

नयाँ वर्षमा भैरहवामा सडक खाना महोत्सव



भैरहवा । नयाँ वर्षको अवसरमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आर्थिक चलायमानका लागि नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा खाना महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्‍याउने महोत्सवको उद्देश्यका साथ होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले महोत्सव आयोजना गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, पर्यटकहरूलाई सुरक्षित छ भन्ने सन्देश दिन र आन्तरिक र भारतीय पर्यटकलाई मध्यनजर गर्दै महोत्सव गर्न लागिएको छ ।

संगठनका अध्यक्ष पीताम्बर न्यौपानेका अनुसार विगत तीन वर्षदेखि थला परेको पर्यटन व्यवसायमा केही हदसम्म चलायमान बनाउन मद्दत पुर्‍याउने अपेक्षाले एक सय वटा स्टल रहने गरी महोत्सवको तयारी गरिएको छ । अनुमानित २५ लाखको खर्चलागतमा हुने महोत्सव भैरहवाको मुख्य बजार उज्यालो चोकदेखि मिलनचोकसम्म राति ३ बजेसम्म हुनेछ ।

चुनौती र अवसरका वावजुद विभिन्न संस्था, पर्यटन व्यवसायी र विभिन्न निकायको सहकार्य महोत्सव गर्न लागिएको छ । ५० हजार दर्शक करिब एक करोडको कारोबार हुने अपेक्षा संगठनले राखेको निवर्तमान अध्यक्ष गणेश बेलबासेले बताए ।

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खाना, , स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ५१ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले