१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अनेरास्ववियुको आयोजनामा जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता



बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्ला स्तरीय अन्तर अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगितामा २१ समुहको सहभागिता रहेको छ ।

चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उप विजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र पमाणपत्र प्राप्त गर्ने अनेरास्ववियु केन्द्रीय सदस्य नवीन थापा सारुले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले राजनीतिक आन्दोलन तथा परिवर्तनका अभियानहरुका साथै अन्य रचनात्मक क्रियाकलापहरुमा समेत अनेरास्ववियु भूमिका अहम रहने उल्लेख गरिन् । उपाध्यक्ष यमराज पाण्डेयले खेल गतिविधिबाट युवाहरुलाई एकतावद्ध गर्न प्रतियोगिताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । युवा विद्यार्थीहरु विभिन्न राजनीतिक आन्दोलनहरमा मात्रै नभई खेल तथा अन्य गतिविधिहरुमा समेत सशक्त छन् भन्ने सन्देश प्रतियोगिताले दिने बाताए ।

यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य बसन्त ढकाल, अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, अनेरास्ववियु थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेल तथा रुपन्देही अध्यक्ष शेसकान्त पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

बुटवल बहुमूखि क्याम्पसको मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी वाणिज्य क्यनम्पस र हरैया बहुमूखि क्याम्पस बीच उद्घाटन खेल हुने छ । प्रतियोगिताको एमाले पोलिटब्यूरो सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आइतबार भएको आयोजक अनेरास्ववियु र पत्रकार बीच भएको मैत्रिपूर्ण खेलमा पत्रकारले  जित दर्ता गरेको छ । वेस्टअव फाइफको आधारमा भएको प्रतियोगितामा पत्रकारले ३-शुन्यको सोझो सेटमा जित दर्ता गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ५७ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति