१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशः गुरुयोजनाको कार्यविधि बनाउन चार महिना, गुरुयोजना पूरा गर्न ७० अर्ब चाहिने



बुटवल । चार महिना लगाएर लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि तयार पारिएको गुरुयोजनाको कार्यविधि निर्माण गरिएको छ । करिब एक वर्षमा तयार भएको गुरुयोजनाको कार्यविधि निर्माण गर्न मात्र प्रदेश सरकारले चार महिना खर्चिएको हो ।

गत मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले जग्गा एकीकरणको कार्यविधि पूरा गरी मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको हो ।

स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना निर्माण गर्न १५ वर्ष लाग्ने अनुमान गुरुयोजनाले गरेको छ । गुरुयोजना पूरा गर्न ७० अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं जग्गा एकीकरण कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले प्रदेश सरकारले परिकल्पना गरेको आधुनिक सहर निर्माण गर्ने योजनालाई कार्यविधिमा समेटिएको बताए । `प्रदेशभरको जग्गाको व्यवस्थापन गर्न मिल्ने गरी जग्गा एकीकरण कार्यविधि निर्माण गरिएको छ,´ उनले भने ।

कार्यविधि निर्माण गर्नुअघि समितिले प्रदेशको स्थायी राजधानी देउखुरीका स्थानीय बासिन्दासँग छलफल गरेको थियो । अब प्रदेश मन्त्रिपरिषदको बैठकले पारित गरेपछि गुरुयोजनाले कानुनी मान्यता पाउने छ । गुरुयोजना अनुसार देउखुरीमा सांस्कृतिक, आधुनिक सहरको निर्माण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले जानकारी दिए ।

उनका अनुसार देउखुरीलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने योजनासहित गुरुयोजना तयार भएको छ । प्रदेशसभाको बैठकले २०७७ साल असोज २० गते दाङको देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकेको हो । स्थायी राजधानी देउखुरी तोकिएपनि त्यहाँ संरचना नभएकाले अस्थायी राजधानी बुटवलबाट नै प्रदेश सरकारको काम कारवाही सञ्चालन हुँदै आएको छ ।

गुरुयोजनाले राप्ती नदी किनारमा बलियो तटबन्ध गर्दै नदीको सभ्यतामा आधारित सहरसहितको राजधानी निर्माण गर्ने कुरालाई समेटेको छ । सहरभित्र बुद्ध आकृतिको रुपमा मन्त्रालयका कार्यालयको स्थापना गर्नेगरी गुरुयोजना निर्माण भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

मुख्यमन्त्री केसीले अब गुरुयोजना अनुसार स्थायी राजधानीका लागि संरचना निर्माणको काम छिट्टै अघि बढाइने बताए । `मन्त्रिपरिषदले निर्णय गर्नासाथ गुरुयोजना कार्यान्वयनमा आउँछ, यो काम अब हामीले छिट्टै अगाडि बढाउँछौं र पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन्छौं,´ उनले भने ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : २५ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका