२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान



सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहनुभएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् ।

एकचालीस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन ।

रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए। त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए । उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे। सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सकेनन् ।

चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएकी छिन् ।

पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आउनुभएको थियो । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेकी थिइन । तर अस्पतालमै उनका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो ।

“धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो”, उनले भनिन ।

पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताए। ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताएका छन् ।
एजेन्सी

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ११ : ०७ बजे

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर

पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् ।

संरक्षणको अभावमा कान्तिताल

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा । मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा