१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै



काठमाडौं । जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।

कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो ।

गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।

शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो ।

बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।

१३ औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४ औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।

८३ औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३-० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।

साेमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५-१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १-० ले निराश बनायो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ३७ बजे

राष्ट्रपतिबाट एक अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र