१ पुस २०८२, मंगलबार | December 16, 2025

क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै



काठमाडौं । जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।

कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो ।

गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।

शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो ।

बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।

१३ औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४ औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।

८३ औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३-० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।

साेमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५-१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १-० ले निराश बनायो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज