२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

सिंगो गाउँ नै पहिरोको जोखिममा



म्याग्दी । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ ।

धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिए । “रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन”, उनले भने ।

उनका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकको छन् । यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ ।

बान्द्रेखाल्टीसँग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरु समेत अन्यत्रै विस्थापित भएर सरेका छन् । बान्द्रेखाल्टीमा विसं २०१८ मा नै पहिरो गएको स्थानीयवासी बताउँछन् । पछि विसं २०५८ देखि भने यहाँ वर्षौंपिच्छे पहिरो जान थाल्यो तर त्यसको आकार अहिलेको जस्तो उठीबासै लगाउने अवस्थाको थिएन । विसं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताए । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगङ्गा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका २५ जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ । धान, गहुँ, मकैलगायतका खाद्यबाली हुने खेतबारीका फाँट पहिरोले खण्डहरमा परिणत गरेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् । बान्द्रेखाल्टी पहिरोबाट ३५ र पाखे पहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन् । भएथोक, ओखारी, पाईजागाउँलगायतका टोलबस्ती पहिरोबाट अत्यन्तै जोखिममा छन् । पहिरो रोकथाम र नियन्त्रणको लागि अध्ययनबाहेक कुनै काम हुन नसकेकाले आगामी बर्सातमा सिङ्गो गाउँकै उठीबासको त्रास बढेको बेनी नगरपालिका–१० का कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए ।

“घरहरु चर्किएका छन्, खेतबारी सबै पहिरोले बगाउने अवस्था छ, पहिरो नियन्त्रण सजिलो देखिएको छैन, हिउँदयाममा कुनै पनि काम गर्न सकिएको छैन, माथिल्लो निकायबाट अध्ययन भए पनि संरक्षणको र नियन्त्रणको काम सुरु भएका छैनन्”, काबा वडाध्यक्ष पुनले भने । पहिरो नियन्त्रणतर्फ नगए बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अनिवार्य बनेको अध्यक्ष पुनले बताए । भौतिकसँगै मानवीय क्षतिको जोखिम बढेकाले पहिरो नियन्त्रणको लागि नगरपालिका मार्फत आवश्यक पहल गरिएको भए पनि अहिलेसम्म कुनै ठोस योजना आएको छैन ।

पहिरोले पाइजा गाउँदेखि खोलापारी जाने गोरेटो बाटो नै बगाएपछि नगरपालिकामार्फत विनियोजन भएको रु लाख बजेटबाट ग्याबिन लगाएर अस्थायीरुपमा बाटो बनाइएको छ । त्योबाहेक पहिरो नियन्त्रणको लागि यो वर्ष कुनै पनि निकायबाट बजेट विनियोजन र योजना सञ्चालन भएको छैन । पहिरो रोकथाम र नियन्त्रणको लागि सबैतर्फबाट पहल भए पनि के कस्तो तवरले रोकथामका काम गर्ने भन्नेमा अझै ठोस उपलब्धि नभएको स्थानीयवासीसमेत रहेका एका नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर ढकालले बताए ।

बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखराबाट भूगर्भविद्सहितको टोलीबाट पहिरोको स्थलगत अध्ययनसहित डिपिआर नै तयार गर्ने काम भइरहेको भए पनि अहिलेसम्म के कस्तो योजना सञ्चालन गरि पहिरो नियन्त्रणको काम गर्ने भन्ने निक्यौल नभएको उनले बताए । “यहाँको अवस्था करोडौँ बजेट विनियोजन गरी भूगर्भविद्को सुझावका आधारमा पहिरो नियन्त्रणको लागि प्रयास गर्नुपर्ने देखिन्छ, त्यसको लागि हिउँदयाममा नै काम हुनुपर्ने हो, अहिलेसम्म कुनै पनि निकायबाट योजना सञ्चालनको लागि सम्बोधन नहुनुले पहिरोको जोखिम न्यूनीकरण हुने अवस्था देखिएको छैन, यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ”, उनले भने ।

पहिरोस्थलको निरीक्षणमा पुग्नुभएका बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भूगर्भविद्को प्रतिवेदनका आधारमा बस्ती संरक्षणको लागि माथिल्लो निकायमा पहल भइरहेको जानकारी दिए । “थोरै बजेटबाट पहिरो नियन्त्रण सम्भव देखिँदैन, माथिल्लो निकायबाटै पहिरो नियन्त्रण आयोजनाहरु सञ्चालन गर्नुपर्ने देखिन्छ, त्यसमा स्थानीय तहले आफ्नोतर्फ पहल गरिरहेको छ”, उनले भने । रासस

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : ४७ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली