१२ असार २०८३, शुक्रबार | June 27, 2026

म्याग्दीमा पहिरोले पुरिदाँ दुईको मृत्यु, तीनजना बेपत्ता



म्याग्दी । अविरल बर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने तीनजना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानियवासीले उनीहरुको खोजी जारी राखेका छन ।

प्रहरीका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ०६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३