१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कतारमा आँखाको ज्योति गुमाएका गणेश श्रेष्ठको संघर्षको कथा



महोत्तरी । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन । एकदिन श्रेष्ठ र उनकाे साथीको विवाद हुँदा दुई पक्षबीच ठूलो झगडा भयो । मुक्का हानाहान मात्र भएन उनकाे साथीले श्रेष्ठलाई टाउकोमा चिर्पटले हान्दा अगाडि आँखाको रेटिना नै गुम्न पुग्यो । काम गरेर परिवारलाइ खुसी दिने उद्देश्यले प्रदेशमा संघर्ष गर्न पुगेका श्रेष्ठको संघर्ष त्यसपछि झन काहाली लाग्दो बन्यो ।

दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ वर्षपछी स्वदेश फर्किए । उनकाे अवस्था देखेपछि छोराको भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती निकै भावविह्वल बने । कठिन संघर्षले श्रेष्ठलाई जब सफलताको बाटोमा डोर्‍याउँदै लग्यो, तब उनले म आँखा देख्दिनँ भन्ने बिर्संदै गए । श्रेष्ठले जब मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, ह्यारपिक र अगरबत्ती बनाउने तालिम लिए तब आत्मविश्वास यसरी सञ्चार भयो कि उनी आफैँ उत्साहित बने । श्रेष्ठले आफूजस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुची तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर आफ्ना अनुभव सुनाए ।

नेत्रहीन संघ महोत्तरीको गठन भएपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा ३५० भन्दा बढी दृष्टिविहीन जोडिएका छन् । श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक समेत छन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेका छन् ।

लोकसेवा आयोगबाट पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीनहरू सरकारी सेवामा कार्यरत छन् भने सयौँ जना मैनबत्ती, अगरबत्ती, सावुन बनाएर स्वरोजगार बनिरहेका छन् ।

श्रेष्ठ आफैँ पनि दिनभरि बजार चहार्छन् र आफैँले बनाएको अगरबत्ती, मैनबत्ती, सावुन बोकेर बेच्ने गर्दछन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको आर्थिक समस्या टारिरहेका छन् । एकमात्र रहेका छाेरालाई शिक्षादीक्षा दिइरहेका छन् ।

अहिले उनकै पहलमा नेत्रहीनहरूका लागि भवन निर्माण कार्य अगाडि बढेको छ । बर्दिबास नगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिएको छ,’ श्रेष्ठले भने । श्रेष्ठको सारथी वीरेन्द्र महतो बनेका छन् । उनी पनि दृष्टिविहीन हुन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा उनी शिक्षण पेसामा छन् ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ३४ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री