१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पाँचथरमा जीप दुर्घटनामा ११ जना घाइते



काठमाडौं । पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए ।

सुनसरीको इहटरी उपमहानगरपालिका–५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् ।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् ।

उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ३६ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना