१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलमा अखिल कप अन्तर कलेज भलिबल प्रतियोगिता २०७८ सुरु



बुटवलमा अखिल कप अन्तर कलेज भलिबल प्रतियोगिता २०७८ सुरु, उद्घाटन खेलमा लुम्बिनी वाणिज्य क्याम्पस विजय

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्ला स्तरीय अन्तर अन्तर कलेज भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घनटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकालले स्वर्गीय ढकालले लिएको सिद्धान्त अनुसार चल्न सके मात्रै उनीमाथि सच्चा सम्मान हुने उल्लेख गरे । नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले स्वर्गीय ढकालको जिवनीबाट सिक्दै विद्यार्थी आन्दोलन र संगठनलाई व्यवस्थित बनाउन सुझाव दिए ।

उद्घाटन समारोहमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम पन्थी, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी संयोजक सरोज पोखरेल, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी तथा रुपन्देही ईन्चार्ज बालकृष्ण पाण्डे लगायतले बोल्दै प्रतियोगिताले युवा विद्यार्थीहरुलाई खेलको माध्यमबाट चरनात्मक कार्यमा सहभागी गराएको उल्लेख गरे । स्वर्गीय ढकालकी धर्मपत्नी निर्मला केसी ढकाल, एमाले नेता बसन्त ढकाल, योग गुरुङ लगायतले बोल्दै रचनात्मक क्रियाकलापहरुमा युवा विद्यार्थीहरुको निरन्तरमा जोड दिए । यसैगरी अनेरास्ववियु केन्द्रीय सदस्य कृष्ण बस्याल, रुपन्देही अध्यक्ष शेशकान्त पोखरेल, उपाध्यक्ष भरत अर्याल तथा सचिव प्रकाश पराजुली लगायतले बोलेका थिए ।

जिल्लाका २१ समूह सहभागी प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी बाणिज्य क्याम्पसले जित दर्ता गरेको छ । लुम्बिनीले हरैया बहुमूखि क्याम्पसलाई २-१ को सेटमा जित दर्ता गरेको हो । बुटवल बहुमुखि क्याम्पसमा जारी प्रतियोगिताको उद्घाटन खेल नै रोमाञ्चक बनेको थियो । पहिलो सेटमा लुम्बिनीले २५-२१ अङ्कमा जित दर्ता गरेको थियो भने दोस्रो सेटमा हरैयाले २२-२५ र तेस्रो सेटमा २५-१६ अंकसहित वाणिज्य क्याम्पसले जित हासिल गरेको थियो । दुबैतर्फबाट समान १-१ सेट रहेको अवस्थामा अन्तिम सेट भने वाणिज्य क्याम्पसले आफ्नो पक्षमा पार्न सफल भयो ।

चैत्र १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उप विजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र पमाणपत्र प्राप्त गर्ने छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : १७ बजे

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।