१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गृहमन्त्रीले पाएको सूचना जस्तै ‘शक्तिकेन्द्र’ कम्युनिस्ट मिलाउन सक्रिय छन् ?



काठमाडौं । नेपालको तीन दिने भ्रमण सकेर चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी स्वेदश फर्किएको भोलिपल्ट गृहमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री यीले खाणको आशंकालाई बल पुर्‍याउने भेटवार्ता गरेका थिए । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुसँग भेटवार्ता गरेका थिए । एमालेबाट फुटेर बनेको अर्को वामपन्थी पार्टी एकीकृत समाजवादीसँग भने यीले भेटवार्ता गरेनन् ।

नेकपामा नेताहरुबीच चर्को बिवाद परिरहँदा पनि चीनले फुटबाट जोगाउन सक्रियता जनाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले धेरै पटक नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहित वरिष्ठ नेता माधव कुमारसँग भेटवार्ता गरेर एकीकृत कम्युनिस्ट पार्टीको पक्षमा चीन रहेको सन्देश दिएको समाचारहरु सार्वजनिक भएका थिए । यद्दपी नेकपाको एकतालाई अदालतले भंग गरिदिएको थियो ।

जसका कारण सत्ताको नेतृत्व कांग्रेसको हातमा पुग्यो । चीनले भारत र अमेरिकाको पक्षमा लाग्ने ठानेको कांग्रस पुनस् निर्वाचनमार्फत सत्तामा पुग्ने आकलनका बीच चिनियाँ विदेशमन्त्रीले दुई पार्टीलाई मिल्न आग्रह गरेको समाचारहरु बाहिरिएका छन् तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । यसबारे नेताहरुले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

तर, देशका गृहमन्त्रीले पाएको सूचनालाई नजरअन्दाज भने गर्न मिल्दैन । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरुलाई एक हुन नदिन पनि कांग्रेसले गठबन्धन गर्नु पर्ने तर्क सार्दै शक्तिकेन्द्रको ुत्रासु केन्द्रीय नेताहरुलाई देखाएका छन् ।

बैठकमा उनले भनेका थिए ुशक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।ु

त्यस्तै आशय उपसभापति धनराज गुरुङले बैठकमा व्यक्त गरेका थिए । उनले नेपालका कम्युनिस्ट नेताहरु उत्तरतिर गइरहेकोले वाम पार्टीहरुबीच गठबन्धन हुन सक्ने आशंका व्यक्त गरे ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको थियो । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन उक्त टोली चीन गएको बताइएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि केही समय अघि उपचारका क्रममा रहँदा चिनियाँ नेताहरुसँगको बाक्लो भेटवार्ता गरेका थिए । त्यसप्रति लक्षित गर्दै गुरुङले नेपाली कम्युनिस्ट नेताहरु उत्तरतिर गएको विषयलाई नजिकबाट नियाल्नुपर्ने बताएका थिए । उनले उत्तर तिर गइरहेका कम्युनिस्ट नेता मिले चुनावी अवस्था कस्तो होला भन्दै प्रश्न गरेका थिए ।

केही समय अघि स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाम गठबन्धन बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका नेता हरिबोल गजुरेलले बताएको बीबीसी नेपालीले उल्लेख गरेको थियो । तर उनले कसले र कस्तो खालको दबाब भन्नेबारे भने खुलाएका थिएनन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत वामपन्थी पार्टीहरु मिल्न सक्ने खतरा औंल्याउने गरेका छन् । उनले कांग्रेस नेताहरुसँग गत निर्वाचनमा जस्तै अप्रत्याशित रुपमा कम्युनिस्टहरु मिल्न सक्ने खतरा देखाइरहेका छन् र त्यसलाई रोक्नलागि भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनु पर्ने पक्षमा उनी छन् ।

करिब तीन वर्ष एकै पार्टी भएको र फुटेर जाँदा वामपन्थी पार्टीको शक्ति निकै कमजोर हुने भएकाले एकै विचारका लागि तीन फरक पार्टी नचाहिने बहस भइरहेको बेला कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा वेवास्ता गर्न देउवापक्ष तयार देखिएको छैन ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ०३ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा