१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ ।

सरकारले आयोगले तोकेका मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट तीन तहमा विभाजित गर्दै सुरक्षाकर्मी परिचालनको योजना बनाएको हो । जसअनुसार मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरिएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा निकायसहितको बैठकले सुरक्षा संवेदनशीलताको व्याख्या गरेको हो ।

आयोगले तोकेकामध्ये २ हजार ९ सय ४५ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ । यस्तै, ४ हजार ४ सय २० वटा मतदानस्थल संवेदनशील र ३ हजार ३ सय ९१ मतदानस्थल सामान्य रहेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : १९ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको