१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

एमाले नेता रिजाल भन्छन्:- भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन



काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासकाे गठबन्धन भनेका छन् । सत्तासीन कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनकाे निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताकाे धार्नी बनाउन कथित गठबन्धन भनेका हुन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी याे समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।

रिजालले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन । ओली सरकारका पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, ‘एमाले बलियो छ, एक्लै लड्न सकिन्न ।’

उनले अगाडि लेखेका छन्, ‘त्यही भएर भ्यागुताको धानी (धार्नी) बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन् । सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ । हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ ।’

घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४० बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो