५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले नेता रिजाल भन्छन्:- भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन



काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासकाे गठबन्धन भनेका छन् । सत्तासीन कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनकाे निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताकाे धार्नी बनाउन कथित गठबन्धन भनेका हुन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी याे समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।

रिजालले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन । ओली सरकारका पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, ‘एमाले बलियो छ, एक्लै लड्न सकिन्न ।’

उनले अगाडि लेखेका छन्, ‘त्यही भएर भ्यागुताको धानी (धार्नी) बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन् । सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ । हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ ।’

घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने