२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपिएल : राजस्थानले हैदरावादलाई हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।

पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।

हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेकाे थियाे ।

राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।

आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे ।

हैदरावादका टी नटराजन र उम्रान मलिकले २-२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : रास्वपाका ९१ उम्मेदवार विजयी

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा