१२ बैशाख २०८१, बुधबार | April 25, 2024

किशोर विक नभएको भए सारेगम पनि जान्दिनँ थिए होलास् भुपेन्द्र थापा, नेपाल आइडल ४ विजेता



भैरहवा । पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो । परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए । जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन् ।

सन् १९९५ मा आमा रत्ना थापा र बुआ सेरु थापा मगरको एक मात्र छोराको रूपमा जन्मेका भुपेन्द्र सानैबाट संगीतिक वातावरणमा हुर्के । संगीतमय वातावरणमा हुर्केका भुपेन्द्र आफ्नो करियर पनि संगीत क्षेत्रमै व्यतित गर्न चाहान्थे । टोल छिमेकमा भजन होस् या विद्यालयमा कुनै कार्यक्रम भुपेन्द्र सहभागी हुन्थे । पढाइसँगै विद्यालयमा संगीत कक्षा पनि लिने गरेका थिए । पहिलो पटक विद्यालयमै स्टेज पाएको उनी बताउँछन् । त्यसपछि विभिन्न व्यान्डहरूमा अवसर पाउँदै गए । थापाले संगीत सिक्नकै लागि जागिर छोडे ।

२०७५ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भ्वाइस अफ भैरहवा सिजन ३ मा उनले उपाधि जिते । उनले पहिलो पटक नेपालमा हुन लागेको आइडलमा सहभागी हुन खोजे । भैरहवाको जेसिज स्कुलमा हुने पहिलो सिजनको अडिसनमा उनले प्रतिस्पर्धीको रूपमा अडिसन दिए । त्यसपछि २०७६, २०७७ सालमा र २०७८ मा पोखराबाट अडिसन दिए । सुरुबाटै जित्नकै लागि प्रयास थियो, भोटिङसम्म पुग्ने रहेको थापा सुनाउँछन् ।

तीनपटकको प्रयासमा थियटर राउण्डबाट बाहिरिन्थे, यो सिजनमा रहर पूरा भएपछि भोटका लागि अपिल गर्दे सपनाको लोभ लाग्दै गयो र फिनालेमा पुगेपछि जित्नै पर्छ भनेर मिहिनेत गरेकाे उनले सुनाए ।

आफ्नाे सफलताको पछाडि किशोर विकको हात रहेकाे उनी बताउँछन् । किशाेरबाटै संगीत के हो, कसरी सिक्ने भन्ने मौका पाएकाे उनले बताए । ‘जति पनि सिके, जे छु उहाँ नै हो, उहाँ नभएको भए सायद सारेगमा केही पनि सिक्दैन थे होला,’ भुपेन्द्रले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ४३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको