१ आश्विन २०८३, बिहिबार | September 17, 2026

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ :- अन्तिम चारको टुगो



बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा सेमीफाईनल खेल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ ।

बिहिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं. ८ ले वडा नं. १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ८ को जितमा मनोज गुरुङले खेलको १२ औ मिनेटमा एकमात्र गोल गरेका थिए । खेलमा वडा नं. १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।

युवाहरुलाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए । शुक्रबार पहिलो सेमीफाईनल खेल वडा नं. ११ र १७ का बिचमा हुने छ भने शनिबार दोस्रो सेमीफाईनलमा वडा नं ८ ले वडा नं ७ को सामना गर्ने उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ०५ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा