५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ :- अन्तिम चारको टुगो



बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा सेमीफाईनल खेल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ ।

बिहिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं. ८ ले वडा नं. १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ८ को जितमा मनोज गुरुङले खेलको १२ औ मिनेटमा एकमात्र गोल गरेका थिए । खेलमा वडा नं. १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।

युवाहरुलाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए । शुक्रबार पहिलो सेमीफाईनल खेल वडा नं. ११ र १७ का बिचमा हुने छ भने शनिबार दोस्रो सेमीफाईनलमा वडा नं ८ ले वडा नं ७ को सामना गर्ने उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ०५ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन