१८ माघ २०८२, आइतबार | February 1, 2026

एमालेको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा [एमाले]ले प्रश्न उठाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’  उनले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : २२ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका