१८ माघ २०८२, आइतबार | February 1, 2026

हैदरावाद हाउसमा नेपाली प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबीच दुईपक्षीय वार्ता



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भारतीय समकक्षी नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डसँग दुईपक्षीय वार्ता गरेको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई पक्षीय वार्तामा नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।

त्यसअघि दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने बताइएको छ । दुई प्रधानमन्त्रीबीच अझ सुदृढताका साथ विभिन्न क्षेत्रमा सहकार्यलाई अगाडि बढाउने उपायबारे आआफ्नो धारणा व्यक्त भएको थियो ।

दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर मार्फत जानकारी दिइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पनि दुई प्रधानमन्त्री सम्बन्धलाई नयाँ उचाई दिने कुरामा छलफल भएको जनाएका छन् ।

‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्ने,’ देउवा र मोदीबीच भएको छलफलबारे उनले ट्वीटरमा लेखेका छन्, ‘बहुपक्षीय साझेदारीमा व्यापक एजेण्डाहरु वार्तामा छन् ।’

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनी आइतबार स्वदेश फर्कनेछन् ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : ५८ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री