२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेपाल र भारतबीचको जस्तो सम्बन्ध अन्त कतै पाईंदैन : मोदी



काठमाडौं । भारतीतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध अतुल्य रहेको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित प्रधानमन्त्री शेरबहादुर देउवासहितको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको जस्तो सम्बन्ध अन्त कतै नपाइने बताएका हुन् । मोदीले सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताउँदै भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’

मोदीले नेपालको शान्ति, प्रगति र शान्तिको यात्रामा भारत दृढ साथी रहेको बताए । मोदीले नेपालले आफूलाई बढी भएको विद्युत् भारतलाई बेच्न पाउनु खुुसीको कुरा रहेको बताए । उनले प्रधानमन्त्री देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको जनाए ।

मोदीले खुला सीमाबाट हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण लागि दुई देशका सुरक्षा निकायबीच सहकार्य गर्ने सहमति भएको पनि जनाए ।

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ३२ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा