२ असार २०८३, मंगलबार | June 16, 2026

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश



काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गा हदबन्दी छुटसम्बन्धी घोटाला प्रकरणमा अदालतले आइतबारबाट साक्षी परीक्षण प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दालाई अन्तिम फैसलातर्फ लैजाने क्रममा साक्षी बुझ्ने चरणमा प्रवेश गराउने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले ११ असारमा थुनछेक बहसपछि नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । थुनछेकसम्बन्धी आदेशसँगै मुद्दा अब अन्तिम सुनुवाइतर्फ अगाडि बढिरहेको छ ।

थुनछेक आदेश सुनाइएका दिन पूर्वप्रधानमन्त्री नेपाल स्वयं विशेष अदालतमा उपस्थित भएका थिए । त्यसपछि अपराह्नदेखि अदालतले उनीसँग बयान लिएको थियो ।

पतञ्जलि योगपीठको हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न छुट दिने निर्णयमार्फत अनियमितता भएको आरोप अख्तियारले लगाएको छ । आयोगका अनुसार सरकार प्रमुखको हैसियतमा नेपालले हदबन्दी छुट दिने निर्णयमा संलग्न भई राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको दाबी गरिएको छ ।

आरोपपत्रमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उक्त जग्गा खरिद प्रकरणमा भएको निर्णय प्रक्रियालाई गैरकानुनी र भ्रष्टाचारजन्य कार्य भएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गराएको हो ।

साक्षी परीक्षणपछि प्रतिवादीहरूको बयान, बहस र प्रमाणको मूल्याङ्कन गर्दै विशेष अदालतले अन्तिम फैसला सुनाउनेछ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : १९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ