१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रधानमन्त्री देउवाले भारतसँग मागे ३ नयाँ हवाई रुट, सीमा समस्या समाधान गर्न प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् ।

भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तामा हवाई रुट उपलब्ध गराइदिन माग गरेका हुन् ।

देउवाले आफुले माग गरेको मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बताए । देउवाले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै त्यसका लागि हवाई रुटको आवश्यकता औंल्याएका हुन् ।

देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट नेपाल प्रवेशको रुट मागेका हुन् । अहिले भारतले सिमराबाट मात्र नेपाल भित्रिने हवाई रुट उपलब्ध गराएको छ ।

देउवाले भारतीय समकक्षीसँग सीमा समस्याबारे पनि छलफल गरेको जनाए । पत्रकार सम्मेलनमा देउवाले भने ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ४२ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई