६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुन्दर यातायातले लुम्बिनीमा विद्युतीय कार, मोटरसाइकल र स्कुटर बिक्रि गर्ने



बुटवल । विद्युतीय सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत बिक्रिवितरणको तयारी गरेको छ ।

यसका साथै प्रालिले छिट्टै नै कार, बाइक र स्कुटर पनि भित्राउने तयारी गरेको जनाएको छ । भने सन्चालनमा रहेका ईन्धनले चल्ने सवारी साधनलाई समेत बिद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने जनाएको छ ।

हामीले सवारी धनीले चाहेको खण्डमा डिजल वा पेट्रोलबाट चल्ने सवारीलाई समेत बिद्युतीय सवारी बनाउने अनुमती पाएका छौं प्रालिका अध्यक्ष भेष बहादुर थापाले भने । त्यसका लागि सवारी धनीले केही सर्तहरु भने पुरा गर्नुपर्ने उनले जानकारी गराए ।

प्रालिले लुम्विनी प्रदेशमा महत्वपुर्ण सहरहरुमा विद्युतीय सार्वजनिक बस सन्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।

अध्यक्ष थापाका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालन हुने विद्युतीय बसहरु तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा सञ्चालनमा आउने छन् । भने दोस्रो चरणमा नेपालगञ्जमा पनि सञ्चालनमा आउने छन् ।

हाल दुईवटा बसबाट परीक्षण सेवा सुरु भएपनि निकट भविष्यमै तराईका अधिकांश जिल्लामा सेवा विस्तार गर्नुका साथै बसहरु पनि थप हुँदै जाने सञ्चालक डिआर घिमिरेले जानकारी दिए ।

हाल रुपन्देहीको बुटवल—सिद्धार्थनगर र बुटवल—सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुनेछन् ।

स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन वातानुकुलित र आरामदायक मात्र हैनन्, यिनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वातावरण संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने छन् ।
नेपालमा दुई वर्षभित्र ५ सय बस सञ्चालनमा ल्याउने गरी लण्डनको कशिस ई–मोविलिटीसँग सुन्दर यातायातले सम्झौता गरेको छ । यस कामका लागि भारतको प्रख्यात सार्वजनिक वस सञ्चालक कम्पनी भागिरथी ग्रुप प्रालिसँग सुन्दर यातायात प्रालिले प्राविधिक लगायत अन्य सहयोग गर्ने गरी सम्झौता भएको छ ।

रुपन्देहीको सैनामैनामा एसेम्बल प्लान्ट राख्ने सम्झौता यसअघि नै भएको थियो । नेपालले सन् २०२० भित्र नेपालका २० प्रतिशत सवारी साधन विद्युतीय ऊर्जाबाट सञ्चालित भइसक्ने उद्घघोष गरेको भएपनि सो को कार्यान्वयन हुन सकेको छैन ।

सन् २०३० मा चीन, भारतलगायत युरोपियन मुलुकले इन्धनका सवारी साधनको प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा सार्वजनिक वा निजी यातायातको भविष्य बिजुली गाडीकै भन्ने बिश्वास यस कम्पनीको रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ११ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,