२२ भदौ २०८३, सोमबार | September 8, 2026

लुम्बिनी प्रदेशका १३ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने



बुटवल । लुम्बिनी प्रदेशमा टाइफाइड विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लामा करिब १३ लाख बढिलाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनी प्रदेशमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइने बताए । उनले यो जुनसुकै उमेर समुहका व्यक्तिहरुलाई हुन सक्ने भएपनी १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समुहलाई खोपको लगाउने तयारी भईरहेको बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा आयोजित टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले टाइफाइडबाट बच्नको लागि थाईपोईड खोप लगाईएको जानकारी दिदै उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताए ।

रुपन्देहीमा चैत २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको शर्माले जानकारी दिए । जिल्लामा २ लाख ६६ हजार ५१८ बालबालिकाहरु रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना सुपरिवेक्षक, ११ जना जिल्ला सुपरिवेक्षक तथा ६ वटा सहयोग संघसंस्था रहेका छन् ।

बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने खोप अधिकृत शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरु कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके र बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुम पूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक-फरक मितिमा अभियान सञ्चालन गरिने भएको निर्देशक चौधरीले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक एक लाख संक्रमित मध्ये १० हजार ६२ जनाको मृत्यु हुने गरेको छ भने बालबालिकाहरुको हकमा यो दर अझ बढी रहेको छ । बालबालिकाहरुमा संक्रमणको सम्भावना समेत ११ गुण बढी हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १५ महिनामा लगाइने खोपले टाइफाड संक्रमण कम गर्न सक्ने विज्ञहरुको भनाई रहेको छ ।

उच्च ज्वरो आउने, रातो हुने, पसिना आउने, टाउकोरजीउ दुख्ने, जिब्रोमा हल्का सेतो देखिने, शरिरमा विविरा आउने लगायतका लक्षणहरु यस रोगमा पाइने गर्दछ । विश्वमा हरेक वर्ष २ लाख जन संख्या टाइफाइडको संक्रमणमा पर्ने गरेका छन् भने १ लाख ६१ हजारको उक्त रोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी नेपालमा पहिलो ५ वर्षको तथ्याङ्क अनुसार सो अवधिमा ४ लाख ५० हजार संक्रमित हुने गरेका छन् ।

यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढने चौधरीले बताए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासहिव बिक्रम खड्काले यो अभियान महत्वपुर्ण रहेको बताउदै पत्रकारहरुसंग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका राम प्रसाद भट्टराईले गरेका थिए ।

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार