१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाको पाचौँ अधिवेशन सम्पन्न, मणिरत्न भण्डारीको नेतृत्वमा ७१ सदस्यीय नयाँ कमिटी चयन



बुटवल । सबैका लागि खेलकुद नारा सहित स्थापना भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटिको पाचाँै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बिच एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै खेलमार्फत युवालाई नेतृत्वमा ल्याउने अभियानका रुपमा एकेडेमी सफल भएको बताए ।

एकेडेमीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाले आफ्नो कार्यकालको वार्षिक प्रगति पेश गर्दै युवाहरुलाई एकतावद्घ गराउदै संस्थागत विकास गर्न सफल भएको बताए । सृजनशिल, बौद्धिक रुपमा युवाहरुलाई अगाडि बढाउन मद्दत मिल्ने उनले दाबी गरे ।

सक्षम, सबल र अनुसासित खेलाडीका रुपमा जनशक्ति उत्पादन गर्ने उनले बताए । एकेडेमीलाई ज्ञानदेव हटुवाल, ध्रुव आचार्य, नन्दु काउचाले नेतृत्व सम्हालिसकेका छन । स्थापनासंगै एकेडेमीमार्फत संगठनात्मक, रचनात्मक कार्यहरु गरेको उनले बताए । खेलकुदका साथै सामाजिक क्षेत्रमा समेत आफुहरु निरन्तर योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष एकेडेमीका के सदस्य महेन्द्र लिगल, के सदस्य अमृता अनमोल, एकेडेमीका प्रदेश सचिव शंकर पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको पहिचान दिलाउन सकिने उदाहरण दिदै उमेर समुहबाट नै खेल विकासलाई जोड दिनुपर्ने सुझाव दिए ।

अधिवेशनले मणिरत्न भण्डारीको नेतृत्वमा ७१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । एकेडेमीको उपाध्यक्षमा गोरे अलि, सचिव गंगाराम सुनार, सह सचिव सरिता राना र कोषाध्यक्ष युवराज काफले चयन भएका छन ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : १३ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय