१० श्रावण २०८३, आइतबार | July 26, 2026

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेबाट अन्त जाँदैन : कृष्णध्वज खड्का



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई समबोधन गर्दै मन्त्री खड्काले व्यवसायीहरुलाई उत्पादनसंग जोडिन सुझाए । उनले नेपालसँग श्रोत, साधन र जनशक्ति भएर पनि परिनिर्भरता रहेको बताउँदै स्वदेशमै उत्पादन हुने माल वस्तु समेत बाहिरबाट आयात हुने गरेको बताए । ‘नेपालमा काठ खेर गइरहेको छ, जनशक्ति बाहिर पाठाइएको छ, तर खुर्पाको बिँड समेत भारतको गुँडगाँउबाट आउने गर्दछ,’ उनले भने, -‘ व्यवसायीहरु उत्पादनमा जोडिन सके यस्तो समस्या समाधान हुन्छ ।’

उनले प्रदेश सरकारले बाँकेको खजुराबाट विश्वविद्यालय सार्ने निर्णय नगरेको बताउँदै प्रदेश योजना आयोगका उपाध्यक्षले अनाधिकारिकरुपमा सो कुरा बताएको जिकिर गरे । ‘प्रदेश विश्वविद्यालय बाँकेबाट सर्दैन ।’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले राज्यबाट बाँकेलाई पछाडी पारिएको बताए । उनले सीमा बजार भएका कारण नेपालगन्जको व्यवसायीले विभिन्न समस्या झेलिरहेको बताउँदै सरकार व्यवसायीको समस्या सुन्न उदाशिन रहेको आरोप लगाए । बाँकेमा स्थापना हुन लागेको नौबस्ता औदोगिक क्षेत्रको बजेट स्थानान्तर गर्ने तयारी भएको आफुले सुनेको बताउँदै मन्सुरीले संघीय सरकारलाई सो बजेट रकमान्तर नगर्न प्रदेश सरकारले पहल गरिदिन माग गरे ।

साधारण सभाको उद्घाटन सत्रमा महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

साधारणसभाका अवसरमा पत्रकारसहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो । सोही अवसरमा संघले सञ्चालनमा ल्याएको सूचना तथा प्रविधि एप्सको पनि मन्त्री खड्काले उद्घाटन गरेका थिए । एप्सको सञ्चालन पछि अब अनलाइनबाटै संघको नयाँ सदस्यता र नविकरण हुने महासचिव वलीले जानकारी दिए ।

कार्यक्रमकाबीच संघको नेतृत्व गरेका दिवंगत चार जना अध्यक्षको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५७ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल