१२ बैशाख २०८१, बुधबार | April 25, 2024

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेबाट अन्त जाँदैन : कृष्णध्वज खड्का



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई समबोधन गर्दै मन्त्री खड्काले व्यवसायीहरुलाई उत्पादनसंग जोडिन सुझाए । उनले नेपालसँग श्रोत, साधन र जनशक्ति भएर पनि परिनिर्भरता रहेको बताउँदै स्वदेशमै उत्पादन हुने माल वस्तु समेत बाहिरबाट आयात हुने गरेको बताए । ‘नेपालमा काठ खेर गइरहेको छ, जनशक्ति बाहिर पाठाइएको छ, तर खुर्पाको बिँड समेत भारतको गुँडगाँउबाट आउने गर्दछ,’ उनले भने, -‘ व्यवसायीहरु उत्पादनमा जोडिन सके यस्तो समस्या समाधान हुन्छ ।’

उनले प्रदेश सरकारले बाँकेको खजुराबाट विश्वविद्यालय सार्ने निर्णय नगरेको बताउँदै प्रदेश योजना आयोगका उपाध्यक्षले अनाधिकारिकरुपमा सो कुरा बताएको जिकिर गरे । ‘प्रदेश विश्वविद्यालय बाँकेबाट सर्दैन ।’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले राज्यबाट बाँकेलाई पछाडी पारिएको बताए । उनले सीमा बजार भएका कारण नेपालगन्जको व्यवसायीले विभिन्न समस्या झेलिरहेको बताउँदै सरकार व्यवसायीको समस्या सुन्न उदाशिन रहेको आरोप लगाए । बाँकेमा स्थापना हुन लागेको नौबस्ता औदोगिक क्षेत्रको बजेट स्थानान्तर गर्ने तयारी भएको आफुले सुनेको बताउँदै मन्सुरीले संघीय सरकारलाई सो बजेट रकमान्तर नगर्न प्रदेश सरकारले पहल गरिदिन माग गरे ।

साधारण सभाको उद्घाटन सत्रमा महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

साधारणसभाका अवसरमा पत्रकारसहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो । सोही अवसरमा संघले सञ्चालनमा ल्याएको सूचना तथा प्रविधि एप्सको पनि मन्त्री खड्काले उद्घाटन गरेका थिए । एप्सको सञ्चालन पछि अब अनलाइनबाटै संघको नयाँ सदस्यता र नविकरण हुने महासचिव वलीले जानकारी दिए ।

कार्यक्रमकाबीच संघको नेतृत्व गरेका दिवंगत चार जना अध्यक्षको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको