१० पुस २०८२, बिहिबार | December 25, 2025

महिलालाई आर्थिक पहुँचको नेतृत्वमा ल्याउनुपर्छ



बुटवल । आर्थिक क्षेत्रको पहुँचमा महिलाले नेतृत्व लिनुपर्ने एक कार्यक्रममा बत्ताहरूले जोड दिएका छन् । महिलाको अर्थपूर्ण सहभागिता आजको मूल मुद्दा भएको राष्ट्रिय महिला आयोगको आयोजनामा शनिबार बुटवलमा राजनीतिक पार्टीका प्रमुख र प्रतिनिधिसँग प्रदेशस्तरीय अनुसन्धान अन्तरक्रिया कार्यक्रममा सहभागीले भने ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तिमगरले महिला अधिकारको विषयमा आम नागरिकमा सचेतना जगाउने गरी कार्यक्रम सञ्चालन गरी एउटा घरपरिवार हुँदै समुदाय र देशमा परिवर्तन आउने हुनाले यसमा सबै लाग्नुपर्ने सुझाव दिइन् ।

नेपालका राजनीतिक दलले महिलालाई नेतृत्व तहमा ल्याउने गरी योजना बनाउनुपर्ने उनले भनिन् । आयोगका सदस्य विद्या कुमारी सिन्हाले राजनीतिक गठबन्धनको नाममा महिलालाई नेतृत्वबाट वञ्चित गर्न खोजिएको गुनासो गरिन् ।

दल गठबन्धन गरेर पुरुष उम्मेदवारलाई प्राथमिकता दिएको उनको तर्क छ । आर्थिक रूपमा महिला सबल नभएसम्म नेतृत्वमा आउन नसक्ने उदाहरण दिँदै उनले महिलालाई छाया पार्न कुनै नीतिनियम नभएको उनले दाबी गरिन् ।

संविधानमा समानुपातिक सहभागितालाई जोड दिएको भए पनि आफूहरू अर्थपूर्ण सहभागिताको विषयलाई महत्त्वपूर्ण दिएको उनले बताए । खर्चिलो चुनाव प्रणालीलाई समेत रोक्नुपर्ने भन्दै उनले दलमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताइन् ।

कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका संयोजक एकराज विक, अन्तरपार्टी प्रदेश अध्यक्ष गंगा शाही, नेपाली कांग्रेस महिला संयोजक रिता सेन, नेपाली कांग्रेस रुपन्देही जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेकी सावित्री अर्याल, एकल महिला समूह रुपन्देहीकी राधिका श्रेष्ठले महिलालाई नेतृत्वमा ल्याउने सवालमा गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ३६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना