६ पुस २०८२, आइतबार | December 21, 2025

गण्डकीमा गठबन्धनको प्रभाव वडासम्मै, पालिकास्तरीय बैठक सुरु



पोखरा । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि वडासम्म नै बैठक र कार्यक्रम सुरु भएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय बैठक बसेको भोलिपल्ट शनिबार जिल्लास्तरमा बैठक बस्यो भने आइतबारदेखि पालिका हुँदै वडासम्म बैठक हुँदै छ ।

खासगरी गठबन्धनका दलहरूबीचको पारस्पारिक सम्बन्ध विस्तार गर्न र आफ्नो पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्न दलहरुबीच छलफल भएको हो । कांग्रेसले स्थानीय आवश्यक्ताका आधारमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गर्न सक्ने केन्द्रीय समिति बैठकबाट निर्णय गराएको छ । अरु दलहरु पनि अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म लैजाने कसरतमा छन् ।

सरकारमा रहेका पालिकास्तरीय दलहरूबीच आगामी स्थानीय निर्वाचनमा मिलेर जानका लागि छलफल गरिएको हो । केन्द्रीय संयन्त्रले दिएको निर्देशन कार्यान्वयन गर्ने सबै पार्टीहरूले प्रदेश र जिल्लाबाट सहमति जनाइसकेका छन् । जिल्लामा कांग्रेस सभापतिको संयोजकत्वमा सत्ता गठबन्धनमा रहेका दलका अध्यक्षहरू सदस्य रहेको जिल्ला संयन्त्र गठन गरिएको छ ।

बैठकसँगै जिल्लाभित्र रहेका दलहरुबीच सुमधुर सम्बन्ध कायम गर्न गठबन्धन दलभित्रका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एकआपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आफ्ना दलका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको छ । गण्डकी प्रदेशका अधिकांश जिल्ला यसअघि कांग्रेस र माओवादीबीच बढी प्रतिश्पर्धा हुने ठाउँ हो ।

पालिकाको बैठक बसेपछि सोही रिपोर्टका आधारमा सबैजसो जिल्लामा सोमबार जिल्लाको बैठक बस्नेछ । बैठकमा सबै दलका सांगठानिक अवस्थाबारे प्रतिवेदन पेस हुनेछ । त्यसपछि प्रदेशस्तरमा २२ चैतमा बैठक आयोजना गरिएको छ । जिल्लाबाट प्राप्त प्रतिवेदनसहित प्रदेशको अवस्थामा छलफल हुने र एकीकृत प्रतिवेदन केन्द्रमा पठाइने बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०६ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)