२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।

आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भएको बताएका हुन् ।

‘मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयो,’ खड्काले भने, ‘कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्‍याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।’

मन्त्री खड्काले प्रधानमन्त्री देउवाको भाजपा कार्यालय भ्रमण प्रधानमन्त्रीका रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भएको तर्क समेत गरेका छन् ।

उनले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।

चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । दे‍उवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल